वीरगञ्ज,पर्साको हुलाकी सडकमा भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ ।मृत्यु हुनेमा भारत बिहारको पश्चिम चम्पारण घर भएका २० वर्षीय सचिन थारु रहेका छन् ।पर्साको जगरनाथपुर गाउँपालिका– ४ हुलाकी सडकमा वीरगञ्जबाट ठोरीतर्फ जाँदै गरेको बिआर २२ क्यू ३४४० नम्बरको मोटरसाइकल आइतवार आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलका चालक थारु गम्भीर घाइते भएका थिए ।घाइते थारुको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा सोमवार बिहान मृत्यु भएको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) कुमारविक्रम थापाले जानकारी दिनुभयो ।दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान पनि गरिरहेको उहाँले बताउनुभयो ।

Leave a Reply