निजगढ,निजगढ नगरपालिका वडा न १३ डम्बरपुरमा आगलागी पिडित चन्द्रबहादुर प्रजाको परिवारलाई निजगढ नगरपालिकाले खाद्यान्न सहयोग गरेको छ ।प्रजाको परिवारलाई नगरपालिकाको तर्फबाट आइतवार चामल, दाल, तेल, चाउचाउ, चिउरा, साबुन जस्ता खाद्यान्न र सरसफाइका सामानहरु सहयोग गरिएको हो । कार्यक्रममा निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङ्ग, प्रमुख प्रशासकीय अधिकृत राजमणि निरौला र वडा नम्बर १३ का वडा अध्यक्ष सुर्यबहादुर घलानले चन्द्रबहादुर र उहाँकी श्रीमतिलाई सहयोग हस्तान्तरण गर्नुभएको थियो ।सोही अवसरमा उपप्रमुख थिङ्गले वडा नम्बर १३ का दुई जना अपांग व्यक्तिहरुको घरमा पुगेर अपांग परिचय पत्र समेत वितरण गर्नुभएको थियो ।



















