राजन कुमार बानिया
पोखरिया – पर्साको पटेर्वासुगौली गाउँपालिकाबाट लागुऔषध गाँजा र चरेस बरामद भएको छ । पटेर्वासुगौली गाउँपालीका वडा नम्बर ५ को देउरीया टोल बस्ने पलट राउत थारुको घरबाट १८ केजी चरेसको धुलो र ५ केजी गाँजा बरामद भएको पर्सा प्रहरीले जनाएको छ ।
विशेष सुचनाका आधारमा खटिएको प्रहरीको टोलीले राउतको घरमा खोज तलास गर्दा सो परिमाणमा लागुऔषध बरामद भएको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक दिपक चोरवारले जानकारी दिए ।