निजगढ,देशका विभिन्न स्थानमा भएको गौहत्याको विरोधमा निजगढमा विभिन्न धार्मिक संघसंस्थाहरुले मंगलवार प्रदर्शन गरेका छन ।गौ हत्यारालाई कारबाही र बैदिक सनातन धर्म संरक्षणको माग गर्दै धार्मिक संघसंस्थाहरुको आह्वानमा निजगढमा प्रदर्शन र कोण सभाको आयोजना गरिएको हो ।प्रदर्शनका सहभागीहरुले निजगढस्थित पूर्वश्चिम लोकमार्गमा नारा जुलुससहित परिक्रमा गरेर सहिद चोकमा कोण सभाको समेत आयोजना गरका थिए । प्रदर्शनका सहभागीहरुले ‘नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने, ‘बैदिक सनातन धर्म संरक्षण, ‘गाईको हत्या गर्नेमाथि कारबाही र देशमा धार्मिक सहिष्णुता कायम गरिनुपर्ने माग गरेका थिए । उनीहरुले प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजिनामा समेत माग गरेका छन । नेपालको धार्मिक परम्परा र संविधानले समेत निषेध गरेको गौ हत्यामा संलग्नहरुमाथि कारबाही गर्न सरकारले चासो नदेखाएको भन्दै उनीहरुले प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री श्रेष्ठको राजिनामा माग गरेका हुन ।प्रदर्शनपछि शहिद चोकमा आयोजित कोणसभामा रामप्रपन्न अधिकारी, पुरुषोत्तम खतिवडा शास्त्री, पण्डित सुदर्शन चालिसेले केही दिनयता धरानमा भएको गौहत्यामा संलग्नमाथि कारबाही गरिनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा बोल्दै रामप्रपन्न अधिकारी शास्त्रीले हिन्दूहरुको सहनशीलताका कारण आफूहरुलाई अपमानित गर्ने काम हुदै आएको बताउनुभयो । बेदले एकतामा जोड दिएकोले अहिले हिन्दुत्वको संरक्षणको लागि सबै हिन्दू धर्माम्बली समुदाय एकतावद्ध भएर अघि बढनुपर्ने अवस्था आएको बताउनुभयो ।त्यसैगरी कार्यक्रममा बोल्दै पुरुषोत्तम खतिवडा शास्त्रीले धार्मिक आस्थामाथि चोट पुर्याउने कार्य भैरहेको भन्दै त्यसको प्रतिकार गर्नुपर्ने बताउनुभयो ।रामप्रपन्न अधिकारीको अध्यक्षतामा भएको सो कार्यक्रमको संचालन सुदर्शन चालिसेले गर्नुभएको थियो । प्रदर्शनमा निजगढ क्षेत्रका सयौं सर्वसाधारणको सहभागिता रहको थियो ।