वीरगन्ज,वीरगन्जस्थित ठाकुराम बहुमुखी क्याम्पसमा लगाइएको ताला आइतबारबाट खुलेको छ । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु ठाकुराम क्याम्पस कमिटीले गत शुक्रवार क्याम्पस प्रमुख डा. उमेश चौरसिया र क्याम्पसको परीक्षा शाखामा तालाबन्दी गरेको थियो ।

परीक्षा शाखामा अनियमितता भएको र विद्यार्थीहरुलाई विभेद गरिएको भन्दै कमिटीका अध्यक्ष आशिफ अहमदको नेतृत्वमा लगाइएको ताला खोलिएको हो । क्याम्पस प्रमुख चौरसियाको उपस्थितिमा विद्यार्थी नेताहरुको छलफलले सहमतिको बाटो पहिल्याएको हो । परीक्षा शाखामा कार्यरत कर्मचारीलाई कारवाही गर्नुका साथै आगामी दिनमा यस्ता अनियमितताका घटना नदोहोरिने सहमतिपछि तालाबन्दी खोलिएको अखिल कमिटीका अध्यक्ष अहमदले बताउनुभयो ।

क्याम्पस प्रमुख चौरसियाले भने सामान्य विषयलाई लिएर तालाबन्दी गर्दा आर्थिक वर्षको अन्त्यमा प्रशासनिक काम कारवाही प्रभावित हुने भएको प्रतिक्रिया दिउनुभयो ।

क्याम्पस सुधारको विषयमा आफु पनि चिन्तित रहेको बताउँदै प्रमुख चौरसियाले सबै विद्यार्थी संगठनहरुसँग समन्वय र सहकार्य गर्दै क्याम्पसलाई उचाईमा पु¥याउने उहाँको भनाइ थियो । छलफलमा सहायक क्याम्पस प्रमुख दिनेशप्रसाद साह, बिबिए संकाय निर्देशक सञ्ज्य श्रेष्ठ, सहायक निर्देशक रघुनाथप्रसाद चौरसिया, विद्यार्थी नेताहरु प्रकाश रौनियार, फिरोज बादशाह लगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here