निजगढ,निजगढ तिलगंगा आँखा अस्पतालले मंगलवार निजगढमा १२२ जना मोतियाबिन्दुका बिरामीहरुको आँखाको शल्यक्रिया गरेको छ ।अस्पतालले निजगढ लगायत विभिन्न स्थानमा गरेको आँखा परीक्षण शिवीरमा फेला परेका मोतियाबिन्दुका बिरामीहरुलाई निजगढस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याएर शल्यक्रिया गरेको हो । आँखा अस्पतालका चिकित्सक इलिना गुरुङ्गको टोलीले बिरामीहरुको आँखाको शल्यक्रिया गरेको थियो ।शल्यक्रिया भएकाहरुलाई निजगढ ९ स्थित गौरीशंकर कलेजमा राखेर हेरचाह गर्दै आएको छ । अस्पतालका व्यवस्थापक सुनिल सुवेदीले बुधवार पनि शिवीर संचालन गरेर आँखा परीक्षणको साथै शल्यक्रिया गरिने बताउनुभयो । उहाँका अनुसार २ दिनसम्म संचालन हुने शिवीरमा ३ सयभन्दा बढी बिरामीको मोतियाबिन्दुको शल्यक्रिया गरिने अस्पतालको लक्ष्य छ । मंगलवार शल्यक्रियासंगै अस्पताल परिशरमा भएको परीक्षण शिवीरमा ३२० जनाले आँखा जँचाएका थिए । उनीहरु मध्ये ५२ जनामा मोतियाबिन्दु फेला परेको थियो ।निजगढ तिलगंगा आँखा अस्पतालले बारासहित छिमेकी रौतहट, सर्लाही, पर्सा र मकवानपुरमा शिवीर संचालन गरेर आँखाको परीक्षण गर्ने र मोतियाबिन्दु फेला परेकाहरुलाई निजगढमा ल्याएर निशुल्क शल्यक्रिया गर्दै आएको छ । शिवीरमा नेपाल रेडक्रस सोसाइटी निजगढ उपशाखाका स्वंमसेवकको टोलीले सहयोग गर्दै आएको छ ।


















