निजगढ,निजगढ ५ स्थित सार्वजनिक माध्यामिक विद्यालयले एसईईमा सहभागी भई उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुको लागि सम्मान तथा बिदाई कार्यक्रम आयोजना गरेको छ ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद गौतमको अध्यक्षतामा भएको सम्मान तथा बिदाई कार्यक्रमका प्रमुख अतिथि निजगढ नगरपालिका वडा नम्बर ५ का अध्यक्ष सुर्यबहादुर थापाले शिक्षाको एउटा खुडुकिलो एसईई भएपनि अझै अध्ययन बाँकी रहेकोले थप मेहनत गर्न आग्रह गर्दै विद्यार्थीहरुलाई प्रगतिको शुभकामना दिनुभएको थियो ।एसईईमा सार्वजनिक माविबाट ३ सय ७५ विद्यार्थी सहभागी भएका थिए ।कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हस्तबहादुर लामा, विद्यालय व्यवस्थापन समितिका पुर्वअध्यक्ष नारायणप्रसाद गौतम, अभिभावक लिलानाथ बन्जारा लगायतले विद्यार्थीहरुलाई शुभकामना तथा बधाई दिदै सिटिईभिटिबाट मान्यता प्राप्त अध्ययनका लागि यसै वर्षदेखि विद्यालयमा संचालन हुने प्राविधिक शिक्षा, कम्प्युटर ईन्जिनियरिङ्गतर्फ तीन वर्षे डिप्लोमा कक्षामा अध्ययन गर्न आग्रह पनि गरेका थिए ।गुणस्तरीय शिक्षाको हव बन्दै आएको निजगढको सार्वजनिक माविमा तीन वर्षे कम्युटर डिप्लोमा अध्ययनको लागि यसै शैक्षिक सत्रबाट भर्ना शुरु हुने विद्यालयका प्रअ लामाले जनाउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here