राजन कुमार बानिया
पोखरिया,पर्साको पोखरिया नगरपालिकास्थित शिव मन्दिरको श्री शिव परिवारको प्राणप्रतिष्ठा र श्री शिव महापुराण कथा ज्ञान महायज्ञको अवसरमा सोमवार कलश यात्रा निकालिएको छ ।शिव मन्दिर प्राङ्गणबाट सुरु गरिएको कलश यात्रामा७ सय ५१ जना कन्या कुमारीहरुको सहभागिता थियो ।

बाजा गाजासहित निकालिएको कलश यात्रा पोखरिया बजार, सेमरबारी चोक हुँदै भदराहा मन्दिर नजिक रहेको उतरबाहनी नदीमा जल भरी पुन्ह पोखरिया शिव मन्दिरमा पुगी कन्याकुमारीहरुले कलश स्थापना गरेका थिए ।
पोखरियामा नवनिर्मित शिव मन्दिरको प्राण प्रतिष्ठाको लागि कलश यात्रा निकालिएको होे । शिव मन्दिरको संरचना पुरानै रहेकोले नगरपालिकाको सहयोगमा मन्दिरको निर्माण गरि सो नवनिर्मित शिव मन्दिरमा प्राणप्रतिष्ठा गरिएको पोखरिया नगरपालिकाका मेयर प्रधुमनप्रसाद चौहानले बताउँनुभयो ।
पोखरिया मन्दिरबाट निकालिएको कलश जल यात्राका क्रममा पुर्व मेयर दिपनारायण रौनियारले शिव मन्दिर निर्माण कार्यको लागि आर्थिक वर्ष २०७५-७६ मा ठेक्का लगाइएको जानकारी दिनुभयो । २ करोड ५० लाख रुपैयाँमा अनुमान गरिएको ठेक्का अर्चना कन्ट्रक्सनले १ करोड ९८ लाख रुपैयाँमा निर्माण सम्पन्न गर्ने गरी जिम्मा लिएको थियो ।
शिव मन्दिरको शिलान्यास दिपनारायण रौनियारले गर्नुभएको थियो । ठेक्का निकालिएको पाँच वर्ष पछि निर्माण सम्पन्न भएपछि शिव मन्दिरमा प्राणप्रतिष्ठा भईरहेको हो ।
कलश यात्रामा संविधान सभा सदस्य रामेश्वर रौनियार, उपमेयर रुबि ठाकुर, प्रमुख प्रशासकीय अधिकृत अजय श्रीबास्तव, वडा अध्यक्ष लक्ष्मण साह, रामप्रबेश चौहान, महेन्द्र महतो, प्रमोद गिरी, नौसाद आलम, प्रमान्नद कुर्मी, सोनालाल साह गोढ, सियान्नद चौहान, किशोरी साह, केदार महतो, स्थानीय नेता नजामुदिन समानी, राजु साह, सशस्त्र प्रहरी बल पोखरियाका डीएसपी बिक्रममणी अधिकारी, ईप्रका पोखरियाका प्रहरी निरीक्षक मोहन बिक्रम केसीलगायत ४ हजारभन्दा बढि भक्तजनहरुको सहभागी रहेको थियो ।
भारत मोतिहारीका अचार्य रामप्रकास गर्ग जी महाराजले पुजापाठ र प्रवचन गर्नुभएको छ । भारत अरेराजका अचार्य सुशीलकुमार मिश्रा, अचार्य विशाल तिवारीले वैशाख ११ गते महापुरान कथा सुरु गर्ने १२ र १३ गते प्रवचन पूजापाठ गरिने शिवमन्दिरको प्राणप्रतिष्ठा १४ गते हुने र शंकर भगवानको मुर्ती स्थापना हुने आयोजक समितिले जानकारी दिएको छ ।
कलश यात्राको नगर परिक्रमा गर्नेक्रममा डाक्टर वकिल मियाँ, दिपनारायण रौनीयार, नौसाद आलम, सन्तोष महतो र नगरपालिकाको सहयोगमा ठाउँ ठाउँमा जुस, पानी, फलफुल वितरण गरिएको थियो ।


















