कलैया,अखिल नेपाल फुटबल संघ बाराको अध्यक्षमा रामचन्द्र लामा चयन हुनुभएको छ ।

एन्फा बाराको बिहीबार सम्पन्न छैठौ साधारसभाले लामालाई सर्वसम्मत अध्यक्ष पदमा चयन गरेको हो । नवगठित कार्यसमितिको उपाध्यक्षहरुमा निजगढका राजकिशोर धामी, घनश्याम चौधरी र खुशी चौधरी चयन भएका छन् । यस्तै महासचिवमा उदय श्रेष्ठ चयन हुनुभएको छ ।

शनिबार उद्घाटन भएको साधारणसभा महाधिवेशन प्रतिनिधि छनोटमा विवाद उत्पन्न भएपछि स्थगित भएको थियो । बिहिवार सम्पन्न साधारणसभाले नव गठित कार्यसमितिका अध्यक्ष रामचन्द्र लामा र पूर्वअध्यक्ष मोहम्मद समिउल्लाहलाई केन्द्रीय महाधिवेशन प्रतिनिधिमा समेत चयन गरेको छ ।

अघिल्लो कार्यकाल एन्फा बाराको उपाध्यक्षको रुपमा रहनुभएका अध्यक्ष लामा जितपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको आयोजक नवजनजागृति युवा क्लव सिमरा बाराका अध्यक्ष समेत हुनुहुन्छ ।

Leave a Reply