नरेश गुप्ता,

बरियारपुर,नेशनल प्याब्सनका राष्ट्रिय अध्यक्ष पाण्ड हमालले देशमा शिक्षाको गुणस्तर बढाउन निजी विद्यालयहरुको भुमिका रहेको बताउनुभएको छ ।

नेशनल प्याब्सन बाराले कलैयामा आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै केन्द्रीय अध्यक्ष हमालले सो कुरा बताउनुभएको हो । संस्थागत विद्यालयमा लगानी अनुसारको प्रतिफल आउन नसकेको भएपनि शिक्षाको गुणस्तरमा हस नआएको उहाँले बताउनुभयो । थोरै पारिश्रमिक र सेवा सुविधा लिएर पनि देशका कर्णधार बालबालिकाको भविष्य उज्वल पार्न निजी क्षेत्र संवेदनशील रहेको उहाँको भनाइ छ ।

सरकारको शिक्षा नीतिमा परिमार्जनको आवश्यकता रहेको बताउदै उहाँले सामुदायिक विद्यालय जस्तै सरकारले उपलब्ध गराउने छात्रवृत्ति संस्थागत विद्यालयका बालबालिकालाई समेत दिनुपर्नेमा जोड दिनुभएको थियो ।

नेशनल प्याब्सन बाराका अध्यक्ष प्रभुलाल प्रसाद कुशवाहाले नवनिर्वाचित राष्ट्रिय अध्यक्ष पाण्ड हमाल, राष्ट्रिय महासचिव पारसमणी दहाललाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।

सो अवसरमा केन्द्रीयसद्स्य चन्द्रिकाप्रसाद गुप्ता,रामप्रसाद अधिकारी, अलिम्हमद अंसारी, संस्थागत विद्यालयका फाउन्डर जितेंद्रप्रसाद यादव, राजकिशोर साह, केएस फिजेसन, भरतबहादुर मल्ल, रामबाबु कुशवाहा लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply