झापा,नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरू मुलुकलाई संवृद्ध बनाउने अभियानमा जुटिरहेकाले जनताको चाहना पूरा हुने बताउनु भएको छ । जनताको विकासप्रतिको चाहना पूरा गर्न सधैँ प्रतिबद्ध रहेको जनाउँदै उहाँले यस्तो बताउनुभएको हो ।
बिहीवार झापाको गौरादहमा भएको कार्यक्रममा अध्यक्ष ओलीले वर्तमान सरकार तथा समीकरण जनहितका लागि बनेकाले जनताको अपेक्षाअनुसार काम गर्ने चर्चा गर्नुभयो । विकासका कामहरू अधुरा नै रहेको जनाउँदै उहाँले त्यस्ता अधुरा विकासका कामहरू अब पूरा हुँदै जाने बताउनुभयो । मूलकको विकास नचाहने शक्तिहरू अहिले पनि एमाले र वर्तमान समीकरणविरुद्धमा लागिरहेको पनि उहाँले बताउनुभयो । आफ्नो निर्वाचन क्षेत्र झापा क्षेत्र नं. ५ का सबै अधुरा कामलाई पूरा गर्न आफू लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।यस्तै इलाममा हुन लागेको उपनिर्वाचनमा सूक्ष्म तवरले एकताबद्ध भएर लाग्न अध्यक्ष ओलीले निर्देशन दिनुभयो । इलाम क्षेत्र नं. २ को निर्वाचन परिचालन समितिका पदाधिकारी तथा सदस्यहरू र पार्टीका स्थानीय अगुवा नेतालाई उपनिर्वाचनमा एमाले उम्मेदवारलाई जिताउन उहाँले निर्देशन दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here