निजगढ, १ भदौँ– भारततिर निकासी हुदै गरेको अवस्थामा प्रहरीले फेटा गाउँपालिकाबाट ११ क्विन्टल केराउसहित एउटा टेक्टर आइतबार बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरी टोलीले ना ६ त ४८१८ नं. को ट्रेक्टरमा लोड गरेर भारततर्फ लैजादै गरेको अवस्थामा फेटा गाउँपालिका वडा नं.१ रजवटिया चौकबाट करिव ६० हजार मुल्य बराबरको केराउ बरामद गरेको हो । केराउसहित बरामद भएको ट्रेक्टर भन्सार ऐन अनुसार आवश्यक कारवाहीको मुल भन्सार कार्यालय वीरगंजमा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय बाराले साउन १ गतेदेखि एक महिनाको अवधिमा २५ किलो २०० ग्राम चाँदी, ९ वटा सवारी साधन, लताकपडा, किराना सामग्री तथा १६ चौपायासमेत गरी २७ लाख ९२ हजार ३३३ रुपैया बराबरको भन्सार छलीका मालसमान र तस्कारीमा संलग्न ३ जनालाई नियन्त्रणमा लिएर भन्सार आवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालय वीरगंजमा बुझाइएको जनाएको छ ।

Leave a Reply