निजगढ,बाराको निजगढ नगरपालिकामा बुधवार एक कार्यक्रमका बीच नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार भवनको शिल्यान्यास गरिएको छ ।मधेस प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २४ लाख सहयोगमा उपभोक्ता समितिमार्फत निर्माण हुन लागेको सो भवनको नेपाली कांग्रेश महासमिति सदस्य शम्भुबहादुर बुढाथोकीले शिल्यान्यास गर्नुभएको थियो ।
कुल २४ करोड ३२ लाख लागत रहेको सो रक्तसञ्चार भवन निर्माणको लागि मात्रै भनेर हाल मधेस सरकारबाट २४ लाख रुपैया निकासा भएको रेडक्रस उपशाखा सभापती रुद्र धितालले जानकारी दिनुभयो ।

स्थानीय र प्रदेश सरकारको सहयोगमा डेढ वर्षभित्र सबै पूर्वाधार तयार पारी रक्त संचार भवन संचालनमा ल्याइने सभापती धितालले जानकारी दिनुभयो । उहाँले भवन निर्माणको लागि हाल प्राप्त भएको रकमबाट आगामी जेष्ठ २५ गतेभित्र काम सम्पन्न गरिने पनि जानकारी दिनुभयो । भवन सञ्चालमा आएपछि निजगढ क्षेत्रमा बिरामीहरुको उपचारमा आवश्यक रगतको सहज आपूर्ति गर्न मद्दत पुग्ने सभापती धितालको भनाई छ ।

रेडक्रस सोसाइटी निजगढ उपशाखाका सभापती धितालको अध्यक्षतामा भएको शिल्यान्यास कार्यक्रममा निजगढ नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष रामचन्द्र कटुवालले भवन निर्माणको लागि वडा कार्यालयले सक्दो सहयोग गर्ने जनाउनुभएको थियो ।कार्यक्रममा रेडक्रम बाराका सहमन्त्री कृष्णप्रसाद खरेल, उपशाखाका पूर्वसभापती नारायण शर्मालगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन बद्री चिमोरियाले गर्नुभएको थियो ।

Leave a Reply