कृष्ण मोहन साह
सेढवा,पर्साको जीराभवानी गाउँपालिका वडा नम्बर १ शान्ति टोलबाट सब डिभिजन वन कार्यालय बसन्तपुरको वन गस्ति टोलीले अवैध रूपमा ओसारपसार गरिँदैगरेको अवस्थामा काठसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।पक्राउ पर्नेमा जीराभवानी गाउँपालिका वडा नम्बर २ सेढ्वा बस्ने २७ वर्षीय धिनेस माझी रहेका छन् । माझीको साथबाट साइकलमा लोड गरिएको १.१७ क्युफिट गोलिया काठ बरामद गरिएको डिभिजन वन कार्यालय पर्साका डिभिजनल वन अधिकृत मञ्जुर अहमदले जानकारी दिनुभयो ।बसन्तपुर सब डिभिजन वन कार्यालयका फरेस्टर श्रवनकुमार महतो नेतृत्वको टोलीले काठसहित मानिसलाई पक्राउ गरेको हो । त्यस्तै वन कार्यालयको टोलीले आठवटा साइकलमा लोड गरिएको करिब ९ क्विन्टल दाउरासमेत बरामद गरेको छ।

उक्त दाउरा कसको थियो भन्ने बारे थप अनुसन्धान भइरहेको वन कार्यालयले जनाएको छ । वन गस्ती टोलीलाई देखेर साइकलसहितको दाउरा छाडेर दाउरा चोरहरु फरार भएका छन् ।वन ऐनअनुसार अवैध रूपमा काठ तथा दाउरा ओसारपसार गर्नेहरूलाई कारबाही गरिने डिभिजनल वन अधिकृत अहमदले जानकारी दिनुभयो ।

Leave a Reply