राजकुमार यादव

मौलापुर,रौतहटको गढीमाई नगरपालिकाको नवौं नगर सभा सोमवार सम्पन्न भएको छ ।गढीमाई नगरपालिकाका नगर प्रमुख श्यामप्रसाद यादवको अध्यक्षतामा सम्पन्न भएको नगर सभाले आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरेको हो ।सभामा नगर प्रमुख यादवले आन्तरिक आय पहिचान तथा आन्तरिक आय वृद्धि गर्दै न्यायोचित वितरण सहित, आर्थिक, सामाजिक विकास तथा भौतिक पूर्वाधार लगायतका क्रियाकलापमार्फत समृद्ध नगरपालिका निर्माण गर्ने उदेश्य पुरा गर्न आर्थिक वर्ष २०८०-०८१ मा गढीमाई नगरपालिकाले अवलम्बन गर्ने विययगत क्षेत्रका रणनीतिहरु संक्षिप्त रुपमा प्रस्तुत गर्नुभएको छ ।कार्यक्रममा नगर प्रमुख यादवले आगामी आर्थिक वर्षका लागि ५३ करोड १५ लाख ८४ हजार ४ सय रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्नुभएको छ । जसमध्ये चालुतर्फ ३७ करोड़ ७२ लाख ४७ हजार चार सय रुपैयाँको बजेट पारित गरिएको हो भने पुँजीगततर्फ १५ करोड ४३ लाख ३७ हजार नगर सभाको पहिलो बैठकमा एकमुष्ट बजेट प्रस्तुत गरिएको भएपनि त्यसपछिका बैठकमा छलफल गरी बजेटलाई शीर्षकगत रुपमा छुट्याएर नगर सभाले सर्वसम्मत पारित गरेको गढीमाई नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र राय यादवले जानकारी दिनुभयो ।चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि प्रस्तावित १२ करोड ५० लाख रुपैयाँ घटी बजेट पारित गरिएको हो । आन्तरिक राजश्वतर्फ ६ करोड, ससर्त अनुदानतर्फ ३ करोड, समानीकरणतर्फ २ करोड, राजश्व बाँडफाँडतर्फ ५० लाख, मालपोत राजश्वतर्फ ५० लाख र राजश्व बाँडफाँड प्रदेशतर्फ ५० लाख घटी बजेट आएको लेखा प्रमुख कामेश्वर सहनीले जानकारी दिनुभयो ।

Leave a Reply