आरके राजन
सिम्रौनगढ,बाराको सिम्रौनगढमा निःशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न भएको छ ।श्री कंकाली मन्दिर व्यवस्थापन समितिको आयोजनामा भएको यो स्वास्थ्य शिविरमा बिरामीहरुको दाँतसहित स्वास्थ्य परीक्षण गरिएको थियो ।शिविरमा महिला र पुरुष गरि ४ सय जनाले स्वास्थ्य चेकजाँच गराएकोमा दाँत चेक जाँच तर्फ १ सय ३ तथा जेनरलतर्फ २ सय ४० जनाले स्वास्थ्य परीक्षण गराएका थिए । दान्त परीक्षण गराएका मध्ये ७४ जनालाई थप उपचारको लागि श्री कृष्ण डेन्टल क्लिनिक वीरगञ्जमा लगिने भएको छ ।
स्वास्थ्य शिविरमा डा धर्मलाल पटेल र दाँततर्फ डा मुकेशकुमार यादव, डा गिरिश चौधरी, डा सन्जिव कुशवाहाले बिरामीहरुको परीक्षण र औषधि वितरण गरेका थिए ।चैत्र नवमी मेलाको अवसरमा आयोजना गरिएको सो शिविरमा बिरामी र मेलामा आएका श्रद्धालुहरुको सुविधाको लागि पिउने पानीको व्यवस्थासमेत मिलाइएको कन्काली मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजेश प्रजापतीले बताउनुभयो ।
यस्तै सिम्रौनगढ नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा भएको निःशुल्क स्वास्थ्य शिविर पनि बुधवार नै सम्पन्न भएको छ । स्वास्थ्य शिविरमा १ सय २५ जना महिला तथा पुरुषको स्वास्थ्य परीक्षण गरिएको थियो । शिविरमा नगरपालिकाका सि अहेब दीपेन्द्रप्रसाद गुप्ता, बीरेन्द्र कुश्वाहा, प्रभु आरसीलगायत स्वास्थ्यकर्मीको टोलीले बिरामीहरुको स्वास्थ्य परीक्षण गरेको थियो ।
















