कलैया,ग्रामीण उत्थान अभियान कलैयाले ‘निःशुल्क कपडा बैंक’ सञ्चालनमा ल्याएको छ ।कपडा खरिद गर्न नसक्ने गरिब परिवारलाई निःशुल्क उपलब्ध गराउने उद्देश्यका साथ ‘निःशुल्क कपडा बैंक’ स्थापना गरिएको संस्थाका संस्थापक मोकद्दम अन्सारीले जानकारी दिुनभयो । यस बैंकबाट गरिब तथा अति विपन्न परिवारलाई ठूलो राहत पुग्ने कलैया उपमहानगरपालिकाका नगर प्रमुख बिनोद साहले बताउनुभयो ।असहाय, गरिब, विपन्न, एकल, दलित र मजदुर वर्गका व्यक्तिले निःशुल्क कपडा बैंकबाट लाभ लिन सक्ने उद्देश्यका साथ स्थापना गरिएको यस बैंकलाई निरन्तरता दिन कार्यविधि बनाएर अगाडि बढ्न प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारिले सुझाव दिनुभयो । कपडा बैंककी संस्थापक अध्यक्ष माधुरी गिरीका अनुसार एक घण्टामै ३५ जनाभन्दा बढीले कपडा लगेका छन् ।