दिपेन्द्र जयसवाल
गन्जभवानीपुर,बाराको बारागढी गाउँपालिका खोपवामा युनिसेफ नेपालको सहयोग र गाउँपालिकाको खानेपानी तथा सरसफाइ शाखाको आयोजनामा मंगलवार सुरक्षित रुपमा व्यवस्थापन गरिएको स्थलगत सरसफाइ सर्वेक्षणको प्रसुतीकरण र सुझाव संकलन सम्बन्धि १ दिने कार्यशाला सम्पन्न भएको छ ।
गाउँपालिकाका अध्यक्ष अशोककुमार जयसवालको अध्यक्षतामा सम्पन सो कार्यशालामा प्रमुख प्रशासकीय अधिकृत सरोजकुमार चौधरी पालिकाको खानेपानी तधा सरसफाइ (वास) फोकल पर्शन उपेन्द्रप्रसाद साह, युनिसेफ नेपालको वास स्पेशलिष्ट सिद्धी श्रेष्ठ, मधेस प्रदेशको वास अफिसर सुनिता शुक्ला गाउँपालिका सरसफाइ वास अफिर उमेशप्रसाद चौधरी, वडा नम्बर २ का वडा अध्यक्ष जोगिन्द्र साह कलवार, वडा नम्बर ४ का वडा अध्यक्ष एवम् गाउँपालिकाका प्रवक्ता पन्नालाल साह वडा नम्बर ५ का वडा अध्यक्ष मैनेजर चौधरी वडा नम्बर ६ को वडा अध्यक्ष निरजकुमार साह कार्यपालिका सदस्यहरु सुरेश राम, धनमन्ती मल्लाहीन, सूचना प्रविधि अधिकृत धुरेन्द्र ठाकुरलगायात गाउँपालिकाका विभिन्न शाखाका प्रमुखहरु, स्थानीय जनप्रतिनिधि तथा संञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।