निजगढ,निजगढ नगरपालिकाले शुरु गरेको रैथाने बाली संरक्षण कार्यक्रम सफल भयो भने अबको केही महिनामा तपाईंले नामै नसुनेका र बिर्सिएका धेरै खालका रैथाने बालीको परिकार चाख्ने अवसर पाउनुहुने छ ।निजगढ नगरपालिका वडा नम्बर ५ ले संघीय कृषि विभागको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण कृषि प्रवर्दन मिसनअन्तर्गत रैथाने बाली वितरण गर्ने भएको हो । संघीय कृषि विभाग अभियानअन्तर्गत यो रैथाने बाली वितरण गर्न लागिएको हो । हाल खाद्यबाली अन्तर्गतका कोदो, फापर र मुङलगायत बालीको उत्पादन र उपभोगमा जोड दिइएको छ ।

‘रैथाने बालीमा पौष्टिक तत्व प्रचूर मात्रामा हुन्छ, यसबाट स्थानीयमा खाद्य तथा पोषण सुरक्षामा समेत सहयोग पुग्नेछ,’ वडा नम्बर ५ का वडा अध्यक्ष सुर्यबहादुर थापा मगरले भन्नुभयो, ‘बेजोड स्वाद, वस्तु विविधीकरणको सम्भावना रहेकाले कृषि पर्यटनलाई समेत रैथाने बालीले थप मद्दत गर्छ ।’
रैथाने बालीलाई कम लगानी र सीमान्त जमिनमा गर्न सकिने भएकाले स्थान विशेष ठाउँमा हुने गरी जलवायु अनुकूलित बालीका रुपमा पनि लगाउन सकिने वडा अध्यक्ष मगरको भनाई छ ।‘परापूर्वकालदेखि स्थानीय समुदायले खेती र संरक्षण गर्दै आएका बाली भएकाले किसानलाई खेती गर्न सिकाइरहनु पर्दैन । बरु यी बालीका महत्त्व वस्तु विविधीकरण र बजारीकरणका उपायमा सहयोग गरिदिनु पर्छ ।’ उहाँले भन्नुभयो ।वडा कार्यालयले चालु आवमा नगरको आर्थिक बजेट अन्तरगत वडामार्फत रैथाने बाली प्रवद्र्धन कार्यक्रम लागू गरेको हो ।पछिल्ला वर्षमा रैथाने बीउको संरक्षण नभएको अवस्थालाई मध्यनजर गर्दै कार्यालयले स्थानीय तथा उन्नत जातका रैथाने बालीका बीउको विउ वितरण गरिरहेको छ ।

Leave a Reply