हेटौंडा – हेटौंडा रन सफल रुपमा सम्पन्न गर्नका लागि मकवानपुरका महिलाहरु एकजुट भएका छन् । विभीन्न संघसंस्थामा आवद्ध महिलाहरु एकजुट भएका हुन् । बागमती प्रदेशमा नेपाल भ्रमण वर्ष २०२० को अवसरमा हेटौंडा रन कार्यक्रम गरिने भएको छ । पर्यटन वर्षलाई सफल वनाउनका लागि हेटौंडामा एकै पटक सयौजनालाई दौडाउने भएको छ ।
हेटौंडामा झाँकी सहित यही माघ २५ गते हुने कार्यक्रममा एक हजार जनाभन्दा वढीलाई सहभागि गराएर कार्यक्रम गर्न लागिएको हो । आज जिल्ला समन्वय समितिका उपप्रमुख भगवती पुणासैनीको अध्यक्षतामा भएको वैठकले हेटौंडा रनलाई सफल वनाउनका लागि अभियान गरिएको हो । बागमती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजना तथा पर्व्तिय खेलकुद महासंघ नेपाल बागमती प्रदेशको संयोजनमा कार्यक्रम गर्न लागिएको हो ।
आज भएका विभीन्न वैठकबाट हेटौंडा रनलाई सफल वनाउनका लागि एक भएर लागिएको पर्व्तिय खेलकुद महासंघ प्रदेश ३ का अध्यक्ष तथा हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना कुमारी लामाले वताउनुभयो । आजको वैठकमा हेटौंडाका विभीन्न सामाजिक संघसंस्थामा आवद्ध महिलाहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।
कार्यक्रमको तयारीमा मन्त्रालय र महासंघ लागेको छ । हेटौंडा रनमा पुरुष र महिलाको छुट्टा छुट्टै दौड कार्यक्रमको आयोजना गरिएको पर्व्तिय खेलकुद महासंघ नेपाल बागमती प्रदेशका संयोजक तथा हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिनाकुमारी लामाले वताउनुभयो । हेटौंडा रनमा देशैभरीबाट दौडमा सहभागि हुने आयोजकले अपेक्षा गरेको उहाँले वताउनुभयो ।
हेटौंडामा महिलाका लागि ५ किलोमिटर र पुरुषका लागि १० किलोमिटर दौडको आयोजना गरिएको हो मन्त्रालयका सचिब शिव वाग्लेले वताउनुभयो । दौडमा प्रथम हुने महिला र पुरुषले ५० हजार रुपैयाँ नगद, शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी द्धितीय हुने प्रतियोगिले ३० हजार नगद, शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
तेस्रो हुनेले २० हजार नगद, शिल्ड र प्रमाणपत्र प्राप्त गर्ने उपमेयर लामाले वताउनुभयो । प्रतियोगितामा सहभागी बन्ने पुरुष तथा महिलाले सान्त्वना पुरस्कार स्वरुप १० र ५ हजार रुपैयाँ प्राप्त गर्ने हेटौंडामा महासंघले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।
भ्रमणवर्षलाई स्वागत गर्दै खेलका माध्यमबाट पनि पर्यटन प्रर्वदन गर्न सकिन्छ भन्ने उदेश्यले यो कार्यक्रम गरिएको हो । हेटौंडा रनमा राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगि १५ महिला १५ पुरुष र विभीन्न संघसंस्थाका प्रमुखहरु दौडने कार्यक्रम रहेको छ ।
हेटौंडा रनमा पर्यटन प्रवर्दन गर्न टिसर्ट लगाएर दौडने कार्यक्रम रहेको छ । प्रतियोगितामा सहभागिता जनाउनका लागि अनलाइन तथा खुल्ला फर्म भर्ने व्यवस्था गरिएको आयोजकले जनाएको छ । दौडमा सहभागी हुनका लागि जिल्ला बाहिरबाट ४५ जना खेलाडी हेटौंडा आउने छन् भने स्थानीय स्तरका खेलाडी पनि सहभागी हुने महासंघका सचिव सफल अधिकारीले जानकारी दिए ।
हेटौंडाको हुप्रचौरबाट सुरु हुने १० किलोमिटर पुरुष र ५ किलोमिटर महिला दौड बुद्ध चौक, नगरपलिका रोड, सानोपोखरा, कान्तिलोकपथ, माछाप्लान, कमाने, भौरबरोड हुँदै हुप्रचौरसम्म रहने छ । प्रतियोगितामा राष्ट्रिय, अन्तर्रा्ष्ट्रिय तथा विदेशी खेलाडी, नगरप्रमुख, सरकारी कर्मचारी, जनप्रतिनिधि, पूर्व्मिस नेपाल, प्रहरीसहित विभिन्न संघसंस्थाका प्रतिनिधि गरी ७ हजार ५ सय जनाको सहभागिता जुटाउने बताइएको छ ।
प्रतियोगिताका लागि ३८ लाख १७ हजार रुपैयाँ खर्च लाग्ने आयोजकले जनाएको छ । दौडका लागि मन्त्रालयले ८ लाख, उपमहानगरपालिकाले २ लाख रुपैयाँ बजेट छुट्याएको बताइएको छ ।