कृष्ण मोहन साह
सेढवा,पर्साको जगरनाथपुर गाउँपालिकाको ११ औं नीति तथा कार्यक्रम र बजेट प्रस्तुतीकरण कार्यक्रम सोमवार सम्पन्न भएको छ ।गाउँपालिका अध्यक्ष श्रीकान्तप्रसाद यादवको अध्यक्षता एवंम प्रदेश सांसद तथा नेपाली काग्रेस पर्साका सभापती जनार्दन सिं क्षेत्रीको प्रमुख आतिथ्यमा सम्पन्न गाउँ सभामा अगामी आर्थिक वर्ष नीति तथा कार्यक्रमसहित २०८१÷०८२ को लागि ४४ करोड ३४ लाख २३ लाख र ५ सय रुपैया बराबरको बजेट प्रस्तुत गरिएको हो ।

भौतिक पूर्वाधार तथा विकास कार्यक्रममा ३ करोड ९० लाख, आर्थिक विकास अन्तर्गत कृषि तथा पशु विकासका लागि ९९ लाख रुपैयाको अनुमानित खर्चको बजेट बिनियोजन गरिएको छ ।
त्यस्तै सामाजिक विकासतर्फ शिक्षामा २ करोड ७० लाख, स्वास्थ्यमा ९२ लाख, खानेपानी तथा सिँचाईमा १ करोड ८४ लाख, खेलकुदमा ३७ लाख, लैङ्गिक समानता, सामाजिक समावेसीकरण तथा सामाजिक सुरक्षामा ५८ लाख, वन तथा विपद व्यवस्थापनमा ३८ लाख, सोलार बत्ती, बिजुली जडानमा ८५ लाख रुपैया बिनियोजन गरिएको छ ।त्यस्तै मठ मन्दिर, मस्जिद र सास्कृतिक सम्पदा जगेर्नामा ३ करोड ९ लाख, कार्यालय संचालन तथा प्रसासनिक खर्च तथा कर्मचारीको तलब भत्तामा १० करोड ८८ लाख अनुमानित खर्च हुने जनाईएको छ ।

नेपाल सरकारको सशर्त चालु १५ करोड ८४ लाख, नेपाल सरकारको पूँजीगत खर्च ९० लाख, नेपाल सरकारको समपुरक अनुदान २० लाख, नेपाल सरकारको विशेष अनुदान ५० लाख, प्रदेस सरकारको समपुरक अनुदान २० लाख, प्रदेस सरकारको विशेष अनुदान ३० लाख गरि जम्मा बजेट ४४ करोड ३४ लाख २३ हजार ५ सय रुपैयाँ विनियोजन गरिएको छ ।
गाउँपालिका अध्यक्ष यादवले अगामी आर्थिक वर्षको नीती तथा कार्यक्रम र बजेट प्रस्तुति गर्दै पालिकाका सबै वडामा सजिलै आउजाउ गर्न रिंग रोड तथा १५ शैयाको अस्पतालको निर्माण जस्ता ठूला योजना ल्याउने बताउनुभयो ।प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन राय, वडाध्यक्षहरु लक्ष्मी साह तेली, नेपालीप्रसाद कुशवाहा, सुभाषकुमार यादव, प्रभुनाथप्रसाद नुनिया, बिहारी महतो नुनिया, अयोध्याप्रसाद कुर्मी, वडा सचिव, कर्मचारी, शिक्षक, बुद्धिजिवीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply