निजगढ,निजगढ नगरस्तरीय अन्तर विद्यालय फुटबल प्रतियोगितामा श्री गौरीशंकर माध्यमिक विद्यालय सहिद चोक ए र श्री सार्वजनिक माध्यमिक विद्यालय बागदेव बिजयी भएकाछन ।प्रतियोगिताको उद्घाटन खेलमा श्री गौरीशंकर माध्यमिक विद्यालय सहिद चोक ए ले श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय निजगढ १० लाललाई पराजित गर्दै प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ भने दोस्रो खेलमा श्री सार्वजनिक माध्यमिक विद्यालयले श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय भरतगन्ज सिंगौललाई पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ । शनिवार बिहान सम्पन्न उद्घाटन खेलमा गौरीशंकर माविले नेरा मावि लाललाई सडेन डेथमा पराजित गरेको थियो । निर्धारित समयको खेल १÷१ गोलको बराबरीमा सकिएपछि खेल टाईब्रेकरमा धकेलिएको थियो ।टाईब्रेकर पनि ३÷३ गोलको बराबरीमा सकिँदा गौरीशंकरले सडेन डेथबाट जित निकालेको हो । खेलको म्यान अफ द म्याच गौरीशंकरका गोलरक्षक कुनाल धामी घोषित भए ।दोश्रो खेलमा सार्वजनिक माविले पनि नेरा मावि भरतगन्ज सिंगौललाई सडेनडेथमा नै पराजित गरेको हो । निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएपछि खेल टाईब्रेकरमा गएको थियो । टाईब्रेकर पनि २÷२ गोलको बराबरीमा सकिएपछि सार्वजनिक माविले नेरा मावि लाललाई सडेनडेथमा पराजित गर्दै प्रतियोगिताको क्वार्टरफाईनलमा प्रवेश गर्यो ।प्रतियोगिता अन्तर्गत तेस्रो खेलमा आइतवार श्री गौरीशंकर माध्यमिक विद्यालय सडकटोल र श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालय पुरानो निजगढबीच प्रतिस्पर्धा हुनेछ ।निजगढ वडा नम्बर ९ चाईनिज क्याम्पस्थित रंगशालामा जारी प्रतियोगितामा निजगढ नगरपालिकाभित्रका १० वटा विद्यालयका १२ वटा टिमबीच प्रतिस्पर्धा हुनेछ ।निजगढ फुटबल क्लबको आयोजनामा संचालित प्रतियोगिताको बिजेताले २० हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपबिजेताले १० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको उद्घाटन निजगढका मेयर सुरथ पुरीले गर्नुभएको थियो ।

Leave a Reply