वीरगञ्ज,वीरगञ्ज महानगरपालिकाले सडकपेटीमा फोहोर फाल्नेलाई काबाही गर्ने कार्यलाई निरन्तरता दिएको छ ।
महानगर अन्र्तगतका सडकपेटीमा फोहोर फाल्ने ४ जनालाई कारबाही गरेको हो । सडकपेटीमा फोहोर फालेबापत चारैजनालाई जरिवाना तिराइएको छ । जथाभावी फोहोर गर्ने राजु सरार्फलाई २ हजार ५ सय संतोष साहलाई २ हजार, अनिल सरार्फलाई ५ हजार र उमेश ब्याण्डलाई ८ हजार जरिवाना तोकिएको वीरगञ्ज महानगरपालिकाले जनाएको छ ।

Leave a Reply