बुधबार असार प्रन्ध मनाइएको छ । त्यसो त असार प्रन्ध हरेक वर्ष आउने गर्दछ र यो असारको मध्य समयमा पर्ने भएकाले पनि यसको महत्व परापूर्वकालदेखि नै रहदै आएको हो । नेपाल कृषि प्रधान देश हो । यहाँका करिब ७० प्रतिशत नागरिकहरु कृषिमा नै आश्रित भएकाले पनि असार प्रन्धको महत्व बढेको हो । असार प्रन्धका दिन तराई मधेश सहितका देशका बिभिन्न स्थानमा दही चिउरा तथा सेलरोटी खाएर रोपाइ गरेर मनाउने गरिन्छ ।

कृषकहरुका लागि भने यो दिनको बिशेष महत्व छ । किनभने असार प्रन्धपछि धान रोपाइ गरेर आधाआधी हुन्छ भन्ने नै हो । तर, सरकारले असार प्रन्धसंगै केही वर्षदेखि धान दिवस पनि मनाउदै आउको छ । धान दिवस मनाउन थालेपछि भने कृषकहरुमा भन्दा पनि गैर कृषकहरुमा बढी यसको रौनक देखिएको छ । सरकारी मन्त्रीसमेत तामझामका साथ रोपाइमा गएको देखिन्छ ।

वास्तवमा कृषकहरु हिलोमा असार महिनाभरी नै खेल्ने गर्दछन् तर देखाउटी गर्नेहरु भने एक दिन असार प्रन्धको दिनमा झुल्कने गर्दछन् । संस्कृति जोगाउने सवालमा यो पनि राम्रै कुरा होला तर समग्र कृषकहरुको बिकास र हितका लागि भने केवल धान दिवस मनाएर मात्रै हुदैछ । कृषिलाई आधुनिकरण गर्न आवश्यक छ । यसो गर्न सकेको खण्डमा मात्रै कृषकहरुलाई न्याय गरेको ठहरिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here