आरके चौधरी
सखुवाप्रसौनी,
पर्साको सखुवाप्रसौनी गाउँपालिकामा कार्यपालिका सदस्यहरुबीचको अपसी विवादले निर्धारित समयमा हुन नसकेको गाउँसभा आइतवार सम्पन्न भएको छ ।गाउँपालिकाको कार्यालयमा सर्वसहमतिमा ११औं गाउँसभा सम्पन्न भएको हो । गाउँपालिका अध्यक्ष यसवन्त यादवको अध्यक्षतामा भएको आर्थिक वर्ष ०८०-०८१ को ११औं गाउँसभाले ६३ करोड २९ लाख,९७ हजार २२५ रुपैया ५९ पैसाले बजेट पारित गरेको गाउँपाकिलाका प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहले घोषणा गर्नु भएको थियो ।गाउँ सभामा गाउँपालिकाका अध्यक्ष यादव, वडा नम्बर १ का अध्यक्ष बाशुदेव महतो थारु, वडा नम्बर ३ अध्यक्ष मोजामिल अन्सारी, वडा नम्बर ४ का अध्यक्ष मोहम्मद आरिफ अन्सारी, वडा नम्बर ५ अध्यक्ष अशेश्वर यादव, कार्यापालिका सदस्य हसिना खातुन, श्रीकान्ती देवी चौधरी, झपसी देवी दुसादिन, लालबहादुर महतो उराँव, गिरिजा देवी, महादेव साह कलवार, वडा सदस्यहरु र कार्यालयका कर्मचारीहरु, पत्रकार, सुरक्षाकर्मीहरुको उपस्थिति रहेको थियो ।