सिमरा,हेटौंडा फुटबल एकेडेमीविरुद्ध जित निकाल्दै पर्सागढी युवा स्पोर्ट्स क्लब बडनिहारले पाँचौं बकुलिया भवानीपुर गोल्डकपमा बिजयी सुरुवात गरेको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ स्थित बकुलिया मैदानमा शुक्रवार सम्पन्न उद्धाटन खेलमा पर्सागढीले हेटौंडालाई १÷० ले पराजित गरेको हो ।

पर्सागढीका लागि सजित उरोले निर्णायक गोल गरेका थिए । प्रतिस्पर्धात्मक खेलमा हेटौंडाले केही राम्रा अवसर बनाए पनि फिनिसिङमा चुकेपछि उरोको गोल नै निर्णायक बन्न पुगेको हो ।उरो खेलको प्लेयर अफ दि म्याच घोषित भए । उनले दुई हजार एक सय नगद प्राप्त गरे । जितसंगै पर्सागढी युवा स्पोर्ट्स क्लब प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
जनकल्याणकारी क्लबले आयोजना गरेको प्रतियोगिताको उद्घाटन मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरीले गर्नुभएको थियो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै चौधरीले बकुलियाको मैदान स्तरोन्नतिका लागि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

प्रतियोगिता संयोजक राधेश्याम चौधरीको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारी, नेकपा एमाले मधेस प्रदेशका सचिव मनोज पौडेल, नेपाली सेनाको श्री २८ नम्बर बाहिनीका बाहिनिपती सहायकरथी राजेन्द्रमणी गिरी, सशस्त्र प्रहरी ४० नम्बर गण पिलुवाका प्रहरी उपरीक्षक मोहनबहादुर क्षेत्री, प्रहरी नायब उपरीक्षक गोविन्द पोखरेल, ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक चिरन्जिवी दाहाल, जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष हिराबहादुर गुरुङ, वडा नम्बर २ का वडाध्यक्ष धनबहादुर क्षेष्ठ, वडा नम्बर ५ का वडाध्यक्ष दीपेन्द्र चौधरी, वडा नम्बर ११ का वडाध्यक्ष बिन्दालाल साह, वडा नम्बर १२ का वडाध्यक्ष श्याम बाबु खाँ, वडा नम्बर १३ का वडाध्यक्ष हेमनारायण चौधरी, वडा नम्बर १६ का वडाध्यक्ष हरिदेव खरेल, रास्वपाका जीतपुरसिमरा नगर सभापती सुरेश केसी, बारा जिल्ला फुटबल संघका उपाध्यक्ष घनश्याम चौधरी, सशस्त्र प्रहरी बल बकुलियाका प्रहरी नायब निरीक्षक कुमार बराललगायतको उपस्थिति रहेको थियो ।चैत्र २३ गतेसम्म संचालन हुने प्रतियोगितामा आठ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले दुई लाख र उपविजेताले एक लाख प्राप्त गर्नेछन् ।

Leave a Reply