काठमाण्डौं,अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै हप्तादेखि लागू हुने नयाँ कर सबै देशमा लागू हुने बताउनुभएको छ । अप्रिल २ अर्थात् आउँदो बुधवारदेखि ठूलो मात्रामा नयाँ आयात शुल्क लगाउने घोषणा गरेका ट्रम्पले नयाँ कर सबै देशमा लागू हुने बताउनुभएको बीबीसीले जनाएको छ ।ट्रम्पले यसलाई अमेरिकाको मुक्ति दिवस भन्नुभएको छ । नयाँ कर पहिले नै लागू भइसकेका करहरू बाहेक थप हुनेछ । अमेरिकाले पहिले नै आल्मुनियम, स्टील र गाडीको आयातमा कर लगाएको छ । यसका साथै चीनबाट आउने सबै उत्पादनमा उच्च कर लगाइएको छ ।

ट्रम्पको यो घोषणापछि आज एशियाको शेयर बजारमा गिरावट देखिएको छ ।ट्रम्पले एअर फोर्स वनमा पत्रकारहरूलाई आफ्नो सरकार व्यापारमा अन्य देशहरूभन्दा निकै उदार र दयालु हुने पनि बताउनुभएको खबरमा उल्लेख छ ।गएको हप्ता ट्रम्पले अमेरिकी कर थोरै घटाउनसक्ने सङ्केत गर्नुभएको थियो । ट्रम्प प्रशासनका आर्थिक सल्लाहकार केभिन ह्यासेटले यी करहरू मुख्यतया अमेरिकासँग सबैभन्दा बढी व्यापार घाटा भएका १० देखि १५ वटा देशमा लागू हुने बताउनुभएको थियो तर उहाँले ती देशहरूको नाम भने उल्लेख गर्नुभएको थिएन ।यी करहरूले अमेरिकालाई अनुचित व्यापार प्रतिस्पर्धाबाट जोगाउन र राम्रो व्यापार सम्झौताहरू हासिल गर्न मद्दत गर्ने ट्रम्पको विश्वास छ ।

Leave a Reply