निजगढ,निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरीले खेलकुद स्वास्थ्य र राष्टको लागि आवश्यक भएको बताउनुभएको छ ।विजया दशमी २०८० को अवसरमा फ्याफुल्ला युवा क्लब निजगढ १३ डम्मरपुरले आयोजना गरेको फुटबल प्रतियोगिताको उद्धघाटन गर्दैै नगर प्रमुख पुरीले बुधवार सो कुरा बताउनुभएको हो । उहाँले खेलकुदले आपसी सद्भाव र भाइचारको विकासमा पनि मद्दत गर्ने बताउनुभयो । ‘खेलकुदले परस्पर युद्धको अवस्थामा रहेका राष्ट्रहरुलाई पनि एकै ठाउमा ल्याउछ, उहाँले भन्नुभयो, भारत र पाकिस्तान जस्ता युद्धरत देशका खेलाडीहरु पनि एक आपसमा हात मिलाएर खेलकुद प्रतिस्पर्धामा सहभागी हुने गरेका छन ।’नगरप्रमुख पुरीले पर्याप्त पूर्वाधार अभावमा पनि निजगढका खेलाडीले राष्ट्रिय र अन्तर्राष्टिय प्रतियोगितामा सफलता हात पारेको बताउदै आगामी दिनमा खेल क्षेत्रको विकासको लागि नगरपालिकाले सक्दो सहयो गर्ने बताउनुभयो ।प्रतियोगिता अन्तर्गत हिजो भएको खेलमा रोयल वनस्थली निजगढ– १ सिङ्गौललाई २÷० हराउँदै योङ्ग स्टार युनाइटेड निजगढ– १० लाल बिजयी भएको छ । आज हुने दोश्रो दिनको पहिलो खेल जीतपुरसिमरा– २२ नयाँबस्ती र पानी ट्याङ्की निजगढ– ११ रतनपुरबीच दिउँसो १ बजे हुनेछ भने दोस्रो खेलमा शिद्धबाबा जीतपुरसिमरा २१ र सिवाईसि निजगढ १० लाल, चिसापानीबीच दिउसो ३ बजे हुने छ ।



















