सिगौल,बाराको निजगढ नगरपालिकास्थित सिंगौलमा ‘हाम्रो नगर हाम्रो शान, स्माट सिटी निर्माण अभियान’ भन्ने मुल नाराको साथ कोरोना भाइरस रोकथाम तथा नियन्त्रण सम्बन्धित जनचेतना प्रवद्र्धन कार्यक्रम बिहिबार सम्पन्न भएको छ । निजगढ नगरपालिका स्वास्थ्य शाखा निजगढ र वडा नम्बर १ को समन्वयनमा वडा कार्यालय भवनमा नयाँ भेरिएन्टको कोरोनाविरुद्धको जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको हो ।

कोरोना भाइरस समुदायमा फैलिसकेकोले न्युनीकरणको लागि गर्नु पर्ने उपायहरुको बारेमा नगरपालिकाका स्वास्थ्य शाखा सयोजक रमेश लामाले जानकारी गराउनु भएको थियो । कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखा निजगढका सहसयोजक मणिश्वर घिमिरेले गर्नु भएको थियोे । नयाँ भेरिएन्ट कोरोना भाइरस नियन्त्रण जनचेतना कार्यक्रममा निजगढ नगरपालिका वडा नम्बर १ का १७ जना स्थानीय सहित जनप्रतिनिधिको समेत सहभागिता रहेको थियो ।

Leave a Reply