निजगढ,बारा प्रहरीले जिल्ला अदालत बाराबाट कैद र जरिवाना फैसला सुनाइएका ५ जना फरार प्रतिवादीलाई सोमवार एकैदिन पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय बारा मातहतको प्रहरी इकाइबाट खटिएको प्रहरी टोलीले लागूऔषध मुद्दामा अदालतबाट २ वर्ष कैद र १ लाख रुपैया जरिवाना फैसला सुनाइएका निजगढ नगरपालिका वडा नम्बर २ सिंगौलका वर्ष ३० का गोपाल श्रेष्ठसहित ५ जनालाई पक्राउ गरेको हो ।

प्रहरीले लागु औषध मुद्दामा १ महिना कैद सजाय फैसला भएका कोल्हबी नगरपालिका वडा नम्बर ६ प्रर्सौनाका वर्ष २३ का बच्चाबाबु चौधरी, चोरी मुद्दामा २ महिना कैद र २० हजार रुपैया सजाय सुनाइएका कोल्हवी नगरपालिका ८ नयाँ बस्तीका वर्ष ५१ का भक्तबहादुर लामा, ज्यान मार्ने उद्योगमा अदालतबाट सजाय फैसला भएपछि फरार रहेका फेटा गाउँपालिका ३ का वर्ष २२ का लालु मुखिया र बैकिङ कसुर मुद्दामा फरार कलैया उपमहानगरपालिका १४ बघवनका वर्ष ३४ का जितेन्द्र साह सोनारलाई पनि पक्राउ गरिएको जनाएको छ ।

वारदात पश्चात फरार रहेका उनीहरूलाई खोज तलास गरी लुकिछिपी बसेको अवस्थाबाट पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक सुरेशराज भट्टले जानकारी दिनुभएको छ ।

Leave a Reply