सिकिन्द्र पासवान
सिम्रौनगढ,बारा जिल्लाको सिम्रौनगढ नगरपालिका वडा नम्बर ४ हरिहरपुरबाट नक्कली नोटसहित एकजना पक्राउ परेका छन ।पक्राउ पर्नेमा जिल्ला बारा महगढीमाई नगरपालिका वडा नम्बर ९ कन्चनपुर बस्ने वर्ष ३५ को रामबिनय सहनी रहेका छन । सहनीलाई सिम्रौनगढ ईलाका प्रहरी कार्यलयका प्रहरी निरीक्षक नविन राईको कमाण्डमा खटिएको टोलीले मंगलवार साँझ सिम्रौनगढबाट हरिपुरतर्फ आउदै गरेको भारतीय नम्बर प्लेटको बि आर ०५ व २१८१ मोटरसाईकल चेकजाँच गर्ने क्रममा नक्कली नोटसहित पक्राउ गरेको हो ।उनीसंग एक हजार दरको आठ हजार बराबरको नक्कली नोट तथा भारतीय सक्कली नोट पनि बरामद गरिएको प्रहरीले बताएको छ । सो विषयमा अनुसन्धान कार्य भईरहेको ईलाका प्रहरी कार्यलयका प्रहरी निरीक्षक राईले बताउनुभएको छ ।

Leave a Reply