जियालाल चौधरी
कोल्हबी,बाराको कोल्हबी नगरपालिकामा वित्तीय साक्षरता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ ।
मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड रामपुर्वा शाखाको आयोजनामा कोल्हबी नगरपालिका वडा नम्बर २ स्थित होटल मिस्टेक तराईको सभा हलमा बिहीवार वार्षिक केन्द्रीय गोष्ठी तथा वित्तीय साक्षरता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको हो ।
मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था रामपुर्वा शाखाका प्रमुख खगेन्द्र चौधरीको अध्यक्ष्यता तथा बारा निर्वाचन क्षेत्र नम्बर १ का सांसद अच्युत मैनालीको प्रमुख आतिथ्यता उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सांसद मैनालीले लघुवित्त संस्थाहरूबाट लिएको कर्जा तिर्नुपर्ने दायित्व स्वयं संस्थाका सदस्य तथा ऋणीहरूको भएको बताउनुभयो । कर्जा तिर्नै नपर्ने जस्ता मानिसलाई भ्रमित पार्ने कुरामा नपर्न आग्रह गर्दै उहाँले मिटर ब्याज जस्ता कार्यमा नपर्न सुझाव दिनुभभयो । मिटर ब्याजमा लगाउने व्यक्तिलाई कानुनको दायरामा ल्याई कानुन बमोजिम कारबाही गर्ने लगायतका विषयमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा बारा निर्वाचन क्षेत्र नम्बर १ (क) का प्रदेश सांसद त्रिलोकी चौधरी, नगरपालिकाका पूर्व नगर उपप्रमुख लक्ष्मीकुमारी चौधरी, मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका अनुगमन अधिकृत रामकिशोर प्रसाद कुशवाहा, कोल्हबी नगरपालिका वडा नम्बर १ का अध्यक्ष राजहरण चौधरी लगायतले कार्यक्रममा मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा बारागढी गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष मनेजर चौधरी, ईलाका प्रहरी कार्यालय कोल्हबीका प्रहरी निरीक्षक भोलामान सिंह अधिकारी, सशस्त्र प्रहरी बल बेस क्याम्प कोल्हबीका प्रमुख कृष्णविक्रम बानिया लगायत मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका सदस्य महिलाहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन शारदाशंकर बछारले गर्नुभएको थियो ।

Leave a Reply