कृष्ण मोहन साह
सेढवा,पर्साको जिराभवानी गाउँपालिकाबाट प्रहरीले ठुलो परिमाणमा लागुऔषध नाइट्रोभेट ट्याबलेटसहित दुईजनालाई पक्राउ गरेको छ ।ईलाका प्रहरी कार्यालय सेढवाबाट बरिष्ठ प्रहरी हवल्दार सुनिल चौधरीको नेतृत्वमा गएको प्रहरी टोलीले जिराभवानी गाउँपालिका वडा नम्बर तिन नौकाटोला चोकबाट चामलको बोराभित्र लुकाइ छिपाइ ठोरीदेखि काठमाडौ चल्ने राधेराधे ट्राभल्सको रात्री बसमा लोड गरेर लैजादै गरेको अवस्थामा ८८ पत्ता नाइट्रोभेट ट्याबलेट र ना १२ प ३१०६ नम्बरको मोटरसाइकलसहित २ जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा जिराभवानी गाउँपालिका वडा नम्बर पाँच हरैयाका शेसनाथ रायको छोरा वर्ष २४ को दिलिप राय र रामप्रवेश खाव थारुको छोरा वर्ष २३ को राजविद्या खाव थारु रहेका छनपक्राउ परेकाहरुलाई नाइट्रोभेट ट्याबलेट सहित आवश्यक कारहबाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

Leave a Reply