प्रधानमन्त्रीका पुर्ब जनसम्पर्क सल्लाहकार अच्युत मैनाली ।

जियालाल चौधरी
कोल्हवी –  तामागढी बचत तथा ऋण सहकारी संस्था लिमिटेड कोल्हवीले शनिबार एक समारोहका बिच ११ औ वार्षिक साधारण सभा सम्पन्न भएकाे छ । साधारण सभामा कराेडाैकाे काराेबार गरेकाे प्रतिवेदन प्रस्तुत गरेका थिए । तामागढी इभेन्ट भेन्यु पार्टी प्यालेसको सभा हलमा आयोजना गरिएको कार्यक्रममा संस्थाका अध्यक्ष श्याम प्रसाद खनालको अध्यक्षता र राष्ट्रिय युवा परिषदको उपाध्यक्ष श्री माधब प्रसाद  ढुङ्गेलको प्रमुख अथित्वमा सम्पन्न भएको थियाे ।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय युवा परिषदको उपाध्यक्ष माधब प्रसाद ढुङ्गेलले सुखी नेपाली समृद्ध नेपालको नारामा यो संस्थाले पुर्ण रुपमा सहयोग गर्ने प्रती आफू बिशवस्त रहेको र सेयर सदस्यहरुलाई शिक्षा सम्बन्धि कार्यक्रम संचालन गराउनको लागि सुझाव समेत दिनु भएको थियो । त्यसैगरी सहकारी संस्था मात्र एक सरल तथा सजियो बचत तथा ऋण कारोबार गर्ने माध्य रहेको छ । सहकारी संस्थाले नै देशको ८० प्रतिश्त आर्थिक भार सम्हाल्दै आएको कुरा जानकारी दिए । 

कार्यक्रममा प्रधानमन्त्रीका पुर्ब जनसम्पर्क सल्लाहकार एब्म नेकपाका केन्द्रिय सदस्य अच्युत मैनाली, संस्थाका संस्थापक डालकुमनर खड्का, कोल्हवी नगरपालिकाका नगर प्रमुख भरत बहादुर भण्डारी, सोही नगरपालिकाकी उप-प्रमुख सुनैना देबि थरुनी, उद्योग वाणिज्य संघ कोल्हवी शाखाका अध्यक्ष महेश कुमार साह लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो।

संस्थाले हाल सम्म २ कराेड ६६ लाख १९ हजार एक सय २७ कारोबार गरेको  बारे  संस्थाका अध्यक्ष श्याम प्रसाद खनालले जानकारी दिए । त्यसैगरी रक्त दान कार्यक्रममा ६२ जनाले रक्तदान गरेको संस्थाका अध्यक्ष खनालले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here