कलैया,सरकारले नेपाल–भारत सीमा क्षेत्रको बारातर्फ रहेका सीमा स्तम्भहरुको मर्मत सम्भार तथा रंगरोगन गरिएको छ ।सशस्त्र प्रहरी बल नेपाल बिओपीमार्फत बारामा रहेका ६८६ वटा पिल्लरमध्ये १ सय १२ वटा पिल्लरको मर्मत सम्भार तथा रंग रोगनको काम केही दिनअघि सम्पन्न गरेको हो ।

भारतसँग सीमा जोडिएको ६० किलोमिटर भूभागमा रहेका सीमा स्तभहरु मध्ये जोर नम्बर भारतले र बिजोर नम्बरका पिल्लरहरु नेपाल सरकारले हेर्ने व्यवस्था छ । केही सीमा स्तभहरु पूर्ण रूपमा क्षति भएकाले दुई देशका सीमा सुरक्षा प्रमुखहरूको बैठकबाट निर्णय गरिने सशस्त्र प्रहरी बल नेपाल बिओपीले जनाएको छ ।

सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक सन्तोषबहादुर सिंहले हालसम्म ११२ वटा सीमा स्तभहरु मर्मत सम्भार तथा रंगरोगन गरिसकेको बताउनुभएको छ । बाराको १६ वटा पालिकामध्ये कलैया उपमहानगर, पचरौता र सिम्रौनगढ नगरपालिका, सुवर्ण र विश्रामपुर गाउँपालिका भारतसँग खुल्ला सीमा जोडिएका छन् । नेपाल सरकारको बजेटबाट सशस्त्र प्रहरी बल नेपाल र सीमा क्षेत्रका रहेका बिओपी कार्यलयहरुबाट मर्मत सम्भार तथा रंगरोगको काम भएको हो ।

Leave a Reply