कृष्णउदास खनाल
वीरगञ्ज,वीरगञ्ज भन्सार कार्यालय चालु आर्थिक वर्षको आठ महिनामा पनि लक्ष्य अनुसारको राजश्व संकलनमा असफल भएको छ ।
भन्सार विभागले यस भन्सारलाई फागुनका लागि २१ अर्ब, ३८ करोड, ८१ लाख १९ हजारको लक्ष्य दिएकोमा उसले जम्मा १३ अर्ब, १३ करोड, ४२ लाख ८ हजार मात्रै राजश्व संकलन गर्न सफल भएको छ ।
यो नाकाबाट सवारी साधन लगायतका बस्तुहरुको आयात घटेकाले पनि लक्ष्य अनुसारको राजश्व संकलन गर्न असफल भएको भन्सारका अधिकारीहरुले बताएका छन् ।

वीरगञ्ज भन्सारले फागुन महिनामा पनि सबैभन्दा बढी मुल्य अभिबृद्धि करबाट बढी राजश्व संकलन गरेको छ । उसले यो शीर्षकबाट ५ अर्ब ७६ करोड २१ लाख ७३ हजार राजश्व संकलन गरेको छ भने भन्सार महसुलबाट दोश्रोमा ४ अर्ब ८६ करोड ८७ लाख २८ हजार राजश्व संकलन भएको छ ।

वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्ममा भने ९९ अर्ब ७१ करोड १७ लाख ४६ हजार रुपैयाँ राजश्व संकलन गरेको छ जुन लक्ष्यभन्दा ६१ दशमलबले कम हो ।भन्सार विभागले यो भन्सारलाई फागुन महिनासम्मका लागि एक खर्ब, ६१ अर्ब २० करोड ५५ लाख ८६ हजार लक्ष्य दिएको थियो । यही अनुपातमा राजश्व संकलन भएको खण्डमा चालु आर्थिक वर्षमा वीरगञ्ज भन्सारले राजश्व संकलनको लक्ष्य भेट्टाउन मुस्किल देखिएको छ ।
अबको चार महिनामा लक्ष्य भेट्टाउनका लागि भन्सारले निकै मेहनत गर्न पर्ने देखिएको हो । चालुआर्थिक वर्षको यो अवधिमा कुनै पनि महिला लक्ष्य अनुसारको राजश्व संकलन नभएको भन्सारकै अभिलेखमा उल्लेख छ ।

Leave a Reply