सिमरा,वीरगन्ज,श्रमिकहरुको कार्यस्थलमा हुने यौन हिंसा र यौन उत्पीडत अन्त्य गर्न अन्तर्राष्ट्रिय श्रम संगठनको अभिसन्धी १९० अनुमोदन गर्न मजदुर संगठनहरुले माग गरेका छन् ।

बारा पर्सा औद्योगिक करिडोरका मजदुर संगठनहरुले कार्यस्थलमा हुने यौन हिंसा र यौन उत्पीडानको अन्त्यका लागि अन्तराष्ट्रिय श्रम संगठनले व्यावस्था गरेको श्रम महासन्धी १९० अनुमोदन गर्नुपर्ने माग गरेका हुन् ।
स्वीट्जरल्याण्डमा मुख्य कार्यालय रहेको विश्वका ६४० वटा ट्रेडयुनियनहरुको १४० वटा देशबाट प्रतिनिधित्व रहेको अन्तर्राष्ट्रिय संस्था इण्डष्ट्रि अल ग्लोबल युनियनले अक्टुबर ७ तारिकलाई यौन हिंसा र यौन उत्पीडन अन्त्य गर्ने अभियानको रुपमा स्थापित गर्न शुरु गरिएको इण्डष्ट्रिअल ग्लोबल युनियन अन्तर्गतको नेपालस्थित काउन्सिलका कोअर्डिनेटर हिमालय खरेलले बताउनुभयो ।
परियोजनाको विभिन्न क्रियाकलापहरु मध्ये समग्र औद्योेगिक मजदुर आन्दोलन, तत्कालिन परिस्थिति र नेपाललाई आवश्यक पर्ने आन्दोलनको मुद्दालाई विशेष रुपमा उठाएर त्यसलाई स्थापित गराउने कार्यक्रमको मुख्य उद्देश्य रहेको खरेलले बताउनुभयो । जुनसुकै स्थान हिंसा मुक्त हुनुपर्छ, सार्वजनिक स्थलहरु हिंसामुक्त हुनुपर्छ भन्ने अभियानको माग रहेको नेपाल औद्योगिक श्रमिक संघका अध्यक्ष अमृतलाल जोशीले बताउनुभयो । यसलाई लागू गर्ने तीन पक्ष सरकार, मजदुर र रोजगारदाता भए पनि सबैभन्दा बढी दायित्व मजदुरहरुकै हुने भएकोले यसको शुरुवात मजदुर संगठनहरुले नै गरेको उहाँले बताउनुभयो ।
सम्पूर्ण विभेद विरुद्धको आन्दोलन गर्ने नै मजदुर आन्दोलन रहेकोले मजदुहरुको कार्यस्थल विभेद रहित हुनुपर्छ र हिंसा शुन्य हुनुपर्छ भन्ने मान्यताले मजदुर संगठनका ट्रेडयुनियनहरु निर्देशित रहेको र सबैले यसको कार्यान्वयनका लागि दबाव दिन जरुरी रहेकोले अभियान शुरुवात गरिएको समग्र उद्योग ट्रेड युनियनका अध्यक्ष आनन्द थामीले बताउनुभयो ।
वीरगन्जको घण्टाघरबाट निकालिएको दबावमूल्क ¥याली वीरगन्ज नगरको विभिन्न भाग परिक्रममा गरी होटल कुमु प्यालेसमा पुगेर सभामा परिणत भएको थियो । समग्र उद्योग ट्रेड युनियनका अध्यक्ष थामीको अध्यक्षतामा भएको कार्यक्रममा टे«ड युनियन महासंघ जीफण्टका प्रदेश अध्यक्ष कमलेश झा, ट्रेड युनियन कांग्रेसका लक्ष्मण कुर्मी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य केसी लामिछाने लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सहजीकरण बेनी तिमिल्सिनाले गर्नुभएको थियो ।

















