पुष्पराज खतिवडा

बारा,सरकारले रसायनिक मलको मूल्यमा भारी वृद्धि गरेकोप्रति साना किसान कृषि सहकारी संघ बाराले आपत्ति जनाएको छ ।
किसानलाई दिँदै आएको सुविधा काटेर सरकारले अन्याय गरेको बारा संघले जनाएको हो । बुधबार एक विज्ञप्ति जारी गर्दै कृषि संघ बाराले किसानलाई समयमा मल समेत उपलब्ध गराउन नसकेको सरकारले यसअघि दिँदै आएको अनुदानमा समेत कैंची लगाउँदा किसान थप मर्कामा पर्ने उल्लेख गरेको छ ।
“नेपाल सरकारले कृषिमा अहोरात्र योगदान पु¥याउने रासायनिक मलमा अनुदान कटौति गरी मूल्यवृद्धि गरेकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । कृषकलाई ठूलो आर्थिक भार पार्नेगरि गरिएको मूल्यवृद्धिको हामी विरोध गर्दछौं,” संघका अध्यक्ष मिश्रीलाल सहनीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।
संघले सरकारसँग अनुदान कटौति गर्ने निर्णय तुरुन्त फिर्ता लिन माग गरेको छ, विज्ञप्तिमा भनिएको छ– सरकारसँग अनुदान कटौती गर्ने निर्णय तुरुन्त फिर्ता लिन माग गर्दछौं ।’ ‘नेपाल कृषि प्रधान देश हो र यहाँका करिब ७० प्रतिशत जनसंख्या प्रत्यक्ष कृषि पेसामा जोडिएका छन् । हामी हाम्रो देशको खाद्य सुरक्षा, गरिबी निवारण, आर्थिक समृद्धि, निर्यात र व्यापार घाटा न्यूनीकरण तथा आत्मनिर्भर र रोजगारी सिर्जना गर्ने क्षेत्रको रूपमा बुझ्न पनि आग्रह गर्दछौं ।’त्यसैगरी अनुदान कटौति गरी गरिएको मुल्य वृद्धिको भत्सर्ना गर्दै कृषि संघले नेपाली कृषकहरूको अत्यावश्यक रासायनिक मल, बीउ, किटनाशक औषधी, सिँचाई, बजार व्यवस्था जस्ता कुराहरूको समस्या भोन्नु परिरहेका बेला गरिएको मुल्य वृद्धिले किसान थप समस्यामा पर्ने पनि बताएको छ । मूल्यवृद्धि गरिनुलाई ‘किसानमारा’ नीतिको रूपमा लिन सकिने भन्दै संघले यसबाट राज्यले किसानलाई हेर्ने दृष्टिकोण उदाङ्गो भएको पनि बताएको छ । आफूलाई परिवर्तनकारी तथा अग्रगमनका हिमायती भन्ने सत्तासीनहरूले गरिब, विपन्न र निमुखा जनताको हित विपरित काम गरेको भन्दै संघले सो कार्यको भत्र्सना पनि गरेको छ ।‘कृषि क्षेत्रलाई कमजोर पारी आयातलाई थप प्रोत्साह गर्ने निहित स्वार्थबाट प्रेरित भएर गरिएको सो कार्य किसानमारा नीतिको उपज हो ।’ भनिएको छ । किसानलाई प्रोत्साहन दिएर कृषि क्षेत्रलाई नेपालको अर्थतन्त्रको प्रमुख मानक बनाउनु पर्ने समयमा यस क्षेत्रप्रति राज्यले असंवेदनशील, गैरन्यायिक तथा हेपाहा व्यवहार प्रदर्शन गरेको संघले ठहर गरेको छ ।

Leave a Reply