कोल्हबी,बारा प्रहरीले वन मुद्दामा जिल्ला अदालत बाराबाट कैद र जरिवाना फैसला भएपछि फरार रहदैआएका २ जनालाई सोमवार पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय कोल्हबीबाट खटिएको प्रहरी टोलीले कोल्हबी नगरपालिका वडा नम्बर ५ रामवन बस्ने वर्ष २९ का संजयकुमार मुखिया र सोही स्थान बस्ने वर्ष ३२ का परमा सहनीलाई पक्राउ गरी कानुनी कारबाही अघि बढाएको हो । पक्राउ परेका दुबै जनालाई जिल्ला अदालत बाराले वन मुद्दामा जनही १२ हजार ५३९ रुपैया जरिवाना तोकेको थियो । अदालतको फैसलापछि लुछिपी बस्दैआएका उनीहरुलाई खोजतलासको क्रममा पक्राउ गरिएको बारा प्रहरीले बताएको छ ।

Leave a Reply