मनोज शाह
जीतपुर,पासवान समुदायका कुल देवता सल्हेस बाबाको मन्दिरको जग्गा कब्जा भएको विरोधमा स्थानीयले मंगलवार जीतपुरमा विरोध प्रदर्शन गरेकाछन ।उनीहरुले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ स्थिति पाडा बजारबाट विरोध ¥याली निकालेर शान्तिपूर्ण प्रदर्शन गरेका हुन । जीतपुरको शान्ति खेलमैदान हँुदै जीतपुरसिमरा उपमहानगरपालिका कार्यालयअगाडि नारा जुलुससहित भएको सो प्रदर्शनका सहभागीहरुले भूमाफिया मुर्दावाद, सल्हेस बाबा मन्दिर पुननिर्मण, मन्दिरको जग्गा फिर्ता गर जस्ता नारा लगाएका थिए । प्रदर्शनपछि उनीहरुले जीतपुरसिमरा उपमहानगरपालिका नगर प्रमुख राजन पौडेललाई भेटेर ज्ञापन पत्र बुझाएका थिए ।जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुर बजारमा रहेको सल्हेस बाबा मन्दिरको जग्गा स्थानीय सन्तोष साहले कब्जा गरेको स्थानीयको भनाई छ । साहले जमिन कब्जा गरेर चारैतिरबाट पर्खाल लगाएपछि सो समुदायका स्थानीयले विरोध जनाउदैआएका छन ।वर्षौं आगडिदेखि नै आफ्नो समुदायको देवताको मन्दिर रहेको जमिन अहिले आएर कब्जा गर्ने प्रयास गरिएकोमा आफूहरुले विरोध गर्नुपरेको प्रदर्शनमा सहभागी दलित समुदायका अगुवा महेन्द्र पासवानले बताउनुभयो ।शैलेस बाबा मन्दिर संरक्षण संघर्ष समितिका अध्यक्ष चन्द्रशेखर पासवानका अनुसार आफूहरुको विरोधका बाबजुद सन्तोषले हाल उक्त मन्दिरको चारैतर्फ पर्खाल लगाएर कब्जा गरेको बताउनुभएको छ ।



















