सिमरा,चुरियामाई मन्दिर तथा सुरुङ संरक्षण एवम् व्यवस्थापन समितिको तेस्रो अधिवेशन सोमवार सम्पन्न भएको छ । चुरियामाई मन्दिर परिषरमा सम्पन्न अधिवेशनले प्रेमबहादुर बोम्जनको अध्यक्षतामा कार्यसमिति चयन गरेको छ ।

कार्यसमितिको उपाध्यक्षमा सन्तलाल स्याङ्तान, राजकुमार साह, सचिवमा सिंहबहादुर विक, कोषाध्यक्ष चमेली पुलामी मगर, सहसचिवमा सरस्वती सिलवाल चयन भएका छन् । यसैगरी सदस्यमा रामकुमार पुलामी, राजकुमार लामा, बुद्धिमाया घलान, राजु नगरकोटी, प्रितम राणा, बाबुकाजी लो रहेका छन् ।

यसअघि अधिवेशनको उद्घाटन बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले गर्नुभएको थियो । उद्घाटन समारोहमा मधेस प्रदेशका पूर्व प्रदेशसभा सदस्य सुन्दर विक, सीता गुरुङ, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल, जीतपुरसिमरा वडा नम्बर २२ का वडाध्यक्ष शेखर काजी रुम्बा, २१ वडा नम्बरका वडाध्यक्ष सुवास श्रेष्ठ, हेटौडा उपमहानगरपालिका वडा नम्बर १५ का वडाध्यक्ष सुनिल मोक्तान, सल्लाहकार भरत घले, महिला व्यवसायी सीता केसीलगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply