निजगढ,केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड नेपालको संयोजन, कास प्रोजेक्टको आयोजना र बागदेब दुग्ध उत्पादक सहकारी सस्था लिमिटेड निजगढको व्यवस्थापनमा निजगढमा आयोजना गरिएको दुई दिने दुग्ध उत्पादन सम्बन्धि अन्तरकृया कार्यक्रम मंगलबार समापन भएको छ ।
निजगढ निजगढ नगरपालिका वडा नम्बर– ७ स्थित सगरमाथा साकोसको सभाहलमा ंमंगलबारबाबाट सुरु भएको अन्तरक्रिया आज बागदेव दुग्ध उत्पादक सहकारीको सभा हलमा समापन भएको हो । समापन कार्यक्रममा कासाका बरिष्ठ डेरी विशेषज्ञ कृष्ण पौडेल, कासाकी मार्केट एनालाइसिस्ट कृनिसा श्रेष्ठ, डेरी ट्रेनर सम्झना पौडेल, अनिता जैसवाल, दुग्ध केन्द्रस्य संघका सदस्य दिलबहादुर लामा डिडिसीका टेक्निकल असिस्टेन्ट सिताराम लामिछाने, बारा र रौतहटका ४ ओटा सहकारीका अध्यक्ष, ब्यबस्थापक, कर्मचारि र विभिन्न डेरि उद्योगका सन्चालकहरुले गुणस्तरीय दध उत्पादन बारे बोल्नु भएको थियो ।
अन्तरकृया कार्यक्रममा किसानको गोठदेखि उपभोक्ताको ओठसम्म असल र शुद्द दुग्ध कसरी पुर्याउन सकिन्छ भन्ने बारेमा छलफल भएको बागदेब दुग्ध उत्पादक सहकारीका अध्यक्ष थानेश्वर सापकोटाले जानकारी दिनुभयो ।