निजगढ,निजगढ नगरपालिकाको वडा नम्बर ८, ९ र १० मा निर्माण हुन लागेको पक्की वडा कार्यालय भवनको सोमवार शिल्यान्यास गरिएको छ ।निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले एक कार्यक्रमबीच वडा कार्यालय भवनको शिल्यान्यास गर्नुभएको हो । नगरपालिकाको स्वीकृत बार्षिक योजना तथा कार्यक्रम बमोजिम वडा कार्यालयहरुको पक्की भवन निर्माण कार्य हुन लागेको हो ।शिलान्यास कार्यक्रममा निजगढ नगरपालिकाका उपप्रमुख सोममाया थिङ्ग, प्रमुख प्रशासकीय अधिकृत सुमन धिताल, वडा अध्यक्षहरु, राजनैतिक दलका प्रतिनिधि र स्थानीयबासिन्दाहरुको सहभागिता रहेको थियो ।

















