चन्द्रपुर,रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर १० मा रहेको बालनपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको बिजुलीको ट्रान्सफर्मर चोरी भएको छ ।चोरहरूको समूहले ५० केभीए क्षमताको ट्रान्सफर्मरमा रहेको तामा निकालेर लगेका हुन । पोलमा जडान गरिएको ट्रान्सफर्मर तल झारेर उनीहरुले तामा निकालेका छन । ट्रान्सफर्मरको कभर मात्र रहेको र भित्रको उपकरण चोरेर लगेको बालचनपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष बलिराम साहले बताउनुभयो ।
सोमवार साँझसम्म यथावत रहेको ट्रान्सफर्मर मङ्गलवार बिहान हेर्दा खोक्रो अवस्थामा फेला परिएको थियो । भित्र रहेको तामाको उपकरण चोरी भएको अध्यक्ष साहले जानकारी दिनुभयो । ट्रान्सफर्मरको तामा चोरी गर्ने समूहको खोजीका लागि खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरमा निवेदन दिएको छ ।
रौतहट जिल्लामा बिजुलीको ट्रान्समिटर चोरीका घटनाहरू पटक पटक हुँदै आएका छन ।किसानले सिँचाईको लागि खेतबारी र खानेपानीको मोटर चलाउन जडान गरिएका ट्रान्सफर्मरको भित्र रहेको तामा चोरी हुने गरेको हो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here