निजगढ,नेपाल स्वयंसेवक संघ निजगढ नगर कार्यसमितिले निजगढ नगरपालिका वडा नम्बर ४ स्थित मानव कल्याण समाजको सेवा घरलाई खाद्यान्न सामाग्री सहयोग सहयोग गरेको छ ।स्वयंसेवक संघले सेवा घरलाई २ बोरा चामल, ७ केजी.दाल, १० लिटर खाने तेल, ५ किलो नुन, १० केजी आलु, २ केजी टमाटर, १ केजी बन्दा, खुर्सानी, लौका, घिरौला, हरियो सागपातलगायत खाद्यान्न सहयोग गरेको हो ।सामग्री हस्तान्तरण कार्यक्रममा स्वयंमसेवक संघ मधेस प्रदेश अध्यक्ष पुजा तिमल्सिना, बारा अध्यक्ष लक्ष्मी चौलागाई, गुजरा नगरपालिका स्वयंसेवक संघका अध्यक्ष उमाकन्त चौधरी, निजगढ नगर अध्यक्ष कृति लम्साल, उपाध्यक्ष भीमबहादुर बुढाथोकी, सचिव अर्जुन कुवँर, कोषाध्यक्ष पुनम कार्की, उपसचिव शोभा परियार, सदस्यहरुमा लक्ष्मी भण्डारी, सुभद्रा विश्वकर्मा, सपना विश्वकर्मा सावित्री दाहाल, सुनिता बर्तौला, नविन तिमल्सिना लगायतको उपस्थितिमा उक्त खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको हो ।मानव कल्याण समाजले सेवा घरमा ३ दर्जन भन्दा बढी सडक मानवको उद्धार गरेर राखेको छ ।