बाराको निजगढ क्षेत्रमा अन्तराष्ट्रिय बिमान स्थल बनाउने कुरा भएको धेरै बर्ष भयो । निजगढ बिमान स्थल भनिएपनि वास्तवमा ठ्याक्कै निजगढमा त्यो भूभाग पर्दैन। पर्यटनमनत्री योगेश भट्टराईले बाराको टाँगियाबस्ती क्षेत्रमा बन्न लागेको भनिएको अगतराष्ट्रिय बिमान स्थलको नाउँ परिवर्तन गरिने बताएका छन् । बारा बिमान स्थल नाउँ राखी निर्माण कार्य अगाडि बढाइने कुरा गरेका छन् । आइतबार टागियाबस्तीमा नै पुगेर उनले यो उद्घोष गरेका हुन् ।
उनको यो सँगै अर्को पनि उद्घोष छ कि आगामी पाँच बर्षभित्र बिमान स्थल निर्माण कार्य शुरु गर्ने । बारावासीको मात्रै चाहनाको कुरा होइन यो बिमान स्थलको कुरा । यो समग्र देशकै गौरवको कुरा हो । त्यसैले पनि पाँचबर्षमा सम्पन्न नभएपनि केही गति लिओस् भन्ने बारावासीको चाहना हो । बिमान स्थलको नाउँ बारा नै राखेपनि आपत्ति जनाउने ठाउँ छैन किनभने बिमान स्थल बन्ने भूभाग बनेको बारा नै हो ।
तर,बाराकै नाउँमा भएपनि बिमान स्थल बन्नु पर्दछ ।करिब दश बर्ष भयो बिमान स्थल बन्ने भन्ने कुरा आएको छ । अब कुरा भन्दा काम होस् भन्ने चाहन्छन् बाराका नागरिकहरु । निजगढ,कोल्भी वा जीतपुर सिमरा जुन ठाउँमा परेपनि त्यो सबै बाराको भूभाग हो । बाराको भूभागमा बिमान स्थल बन्दा कसैले पनि आपत्ति जनाउन आवश्यक छ जस्तो लाग्नैन तर बन्नु पर्दछ यसैमा नै सबैको भलो छ ।