निजगढ,सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन वेश निजगढबाट सरुवा हुनु भएका प्रहरी नायब प्रहरी उपरीक्षक दिनेश शर्माको विदाईमा निजगढ नगरपालिकाले बिहीवार ‘फेरी भेटौला’ कार्यक्रम आयोजना गरेको छ ।कार्यक्रममा निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले प्रहरी नायब उपरीक्षक शर्माले आफ्नो कार्यकालमा पालिकासंग निकट रहेर सहकार्य गर्नुभएको बताउनुभएको थियो । ‘फेरी भेटौला’ कार्यक्रममा निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङ्ग, प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला, वडा अध्यक्षहरु, पालिकाका कर्मचारीहरु र युथ अफ निजगढका सदस्यहरुले फूलको थुङ्गा दिएर शर्माको विदाई गरेका थिए ।६ महिनाअगाडि २८ नम्बर गण कपिलवस्तुबाट सरुवा भएर निजगढ बेस क्याम्पमा आउनुभएका उपरीक्षक शर्माको साविककै गणमा सरुवा भएको छ । त्यस्तै निजगढ बेस क्याम्पमा डिएसपी श्रीराम कुवर आउनुहुने भएको छ ।




















