धिरेन्द्र तिवारी
कलैया,ईलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरीहरुको मिलोमतोमा भारतीय मालसामान अवैध रुपमा नेपाल भित्र्याउने क्रम बढेकोछ ।ईलाका प्रहरी कार्यालय सिम्रौनगढ माताहातामा रहेको प्रहरी चौकी कचोर्वा र श्रीनगरबैरीया नाकाबाट दैनिक लाखौं रुपैयाँको मालसामान राजश्व छली गरी भारतबाट नेपालतर्फ ल्याउने गरिएको स्थानीयले बताएका छन । सो कार्यत्रमा तस्करहरुको ठूलो समूह सक्रिय रहेको र उनीहरुलाई स्थानीय प्रहरीले नै संरक्षण दिएको स्रोतले जानकारी गराएको छ ।
स्रोतकाअनुसार सो नाकाहरुबाट प्रहरीको मिलोमतोमा कपडा, किराना, मोबाईल पार्टस, स्पेयर पार्टस, कास्मेटिकलगायतको मालसामानहरुको दिनहुँ तस्करी भइरहेको छ ।जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक केही दिनयता जिल्लामा घटेका गम्भीर प्रकृतिका घटनाहरुको अनुसन्धानमा व्यस्त हुँदा ईलाका प्रहरी कार्यालय सिम्रौनगढका घुमुवा प्रहरी हवल्दार पंकज शर्मा र प्रहरी जावान छोटेलाल पटेलको संलग्नतामा सो नाकाबाट तस्करी हुने गरेको हो । प्रहरीले तस्करहरुसंग रकम असुली गरि लाईन दिएको स्रोतले दाबी गरेको छ ।प्रहरी हवालदार पंकज शर्माले मधेस प्रदेश प्रहरी प्रमुख डिआई जनक भट्टराईको नाममा तस्करहरुसंग रकम असुल्ने गरेको बताइएको छ । तर हवल्दार शर्माले भने जिल्लाको पैसा प्रहरी चौकी कचोर्वाका प्रहरीले उठाउने गरेको बताउनुभएको छ । उहाँले आफू इलाका प्रहरी कार्यालय सिम्रौनगढको घुमुवा मात्रै रहेको शर्माको भनाई छ ।



















