आरके राजन
सिम्रौनगढ,दादुरा रुबेला खोप अभियान अन्तर्गन बाराको सिम्रौनगढ नगरपालिकामा बिहीवार पालिका स्तरीय समन्वय समितिको अभिमूखीकरण कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाको सभा कक्षमा भएको सो कार्यक्रमको अध्यक्षता सिम्रौनगढ– १ का वडा अध्यक्ष दिनदयाल मुखियाले गर्नुभएको थियो ।सिम्रौनगढ नगरपालिकाको आयोजनामा भएको सो कार्यक्रममा सिम्रौनगढ नगरपालिका स्वास्थ्य शाखाका संयोजक विजयशंकर ठाकुर र पचरौता नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेन्द्र प्रसादले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा सहभागीहरुलाई अभियानको उद्देश्य, दादुरा रुबेला रोगको लक्षण र यसबाट बच्ने उपाय तथा खोपको डोज बारे जानकारी दिइएको थियो । कार्यक्रममा ९ महिनादेखि १५ वर्षसम्मका बालबालिकाले सो खोप अनिवार्य रुपमा लगाउनुपर्ने र पालिकाका सबैलाई खोप लगाउने रणनीति बारेमा पनि छलफल भएको थियो ।

















