अनिल तिवारी
सिमरा – छिमेक लघुति वितिय संस्था लि. जीतपुर “क” शाखाले चार दिने अभिभावक भेला तथा वितिय साक्षरता सम्बन्धि अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । आफ्नो संस्थामा आबद्ध सदस्य तथा सदस्यका अभिभावकहरुका लागि शाखाको बारेमा साक्षर बनाउने उद्धेश्य सहित यस कार्यक्रमको आयोजना गरेको हो ।
२०५८ पाल्गुन १ गतेबाट बाराको जीतपुरमा संचालनमा आएका यस शाखाले आफ्नो ३२१० सदस्यहरु बिच २१ करोड भन्दा माथी बचत र १८ करोड भन्दा बढि ऋण कारोबार गर्दै आएको छ । २ सय १८ जना सदस्य सहभागी ४ दिने कार्यक्रममा संस्थाका क्षेत्रीय प्रशिक्षक शंकर चौधरी, र अमरकुमार सिहंले प्रशिक्षण दिनुभएको थियो ।
प्रशिक्षणको क्रममा उहाँहरुले संस्थाका सदस्य एवम सदस्यका अभिभावकलाई आवश्यक्ता अनुसार वितिय कारोबार कसरी गर्ने, आफ्नो परिवारलाई कसरी आर्थिक रुपमा सम्पन्न गराउन कुराहरुको बारेमा जानाकरी गराउनुभएको थियो । कार्यक्रममा जीतपुर शाखाका शाखा प्रबन्धक श्याम प्र. कुश्वाहा, वरिष्ठ सहयोगी सदस्य तारा खतिवडा लगाएको उपस्थिती रहेको थियो ।